मन्त्री घटे पनि नियुक्ति र खर्च घटेको छैन राज्यमाथि आर्थिक बोझ थपिएको छ : महेश बस्नेत

समाचार सारांश
Auto Generated by AI
  • एमाले सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले राज्यकोषमा आर्थिक बोझ बढाएको आरोप लगाउनुभएको छ।
  • सरकारले मितव्ययिताको दाबी गरे पनि सल्लाहकारको संख्या ११ बाट बढाएर २७ पुर्‍याएको उहाँको भनाइ छ।
  • पद र सुविधाको विस्तारमा लागेको भन्दै उहाँले सरकारलाई सुशासनको प्रतिबद्धता व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको छ।

काठमाडौ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले राज्यकोषमा आर्थिक बोझ बढाएको आरोप लगाउनुभएको छ।

Workplace

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले सरकार गठनअघि मितव्ययिताको पक्षमा बोल्नेहरू अहिले पद, नियुक्ति र सुविधा विस्तारमै केन्द्रित भएको टिप्पणी गर्नुभएको हो।

बस्नेतका अनुसार गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ११ जना सल्लाहकार रहेकोमा अहिले बालेन शाह प्रधानमन्त्री भएपछि सल्लाहकारको संख्या २७ पुगेको छ।

उहाँले मन्त्रीमण्डलको आकार सानो बनाएर राज्यको ढुकुटी बचत गरिएको दाबी गरिए पनि व्यवहारमा हटाइएका मन्त्री र सांसदका व्यक्तिगत सहयोगी (पीए) तथा सल्लाहकारहरूलाई पुनः नियुक्ति गरी राज्यकोषबाट तलब–सुविधा उपलब्ध गराइएको आरोप लगाउनुभएको छ।

“मन्त्री घटे पनि नियुक्ति र खर्च घटेको छैन, बरु राज्यमाथि आर्थिक बोझ थपिएको छ,” बस्नेतले लेख्नुभएको छ।

उहाँले हिजो अरूको आलोचना गर्नेहरू नै आज पद, नियुक्ति र सुविधाको जालो विस्तार गरिरहेको आरोप लगाउँदै सरकारले मितव्ययिता र सुशासनका प्रतिबद्धता व्यवहारमा लागू गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?