मधेशमा पार्टीलाई सुदृढ गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति आउँछ : प्रचण्ड

समाचार सारांश
Auto Generated by AI
  • मधेशमा पार्टीलाई बलियो बनाउन नसके देश र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने प्रचण्डको भनाइ छ।
  • निर्वाचनको नतिजा सन्तोषजनक नभएको स्वीकार गर्दै पार्टीले अब गम्भीर समीक्षा गर्ने भएको छ।
  • संगठन विस्तारका लागि युवालाई ५० प्रतिशत नेतृत्व दिने गरी नयाँ अभियान सञ्चालन गरिने भएको छ।

काठमाडौ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन्।

Workplace

नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए।

उनले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मधेशमा राम्रो पार्टी बनाउन नसकिए देश र कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सृजना हुन सक्ने उल्लेख गरे। मधेशमा संगठन विस्तार र एकतालाई प्राथमिकतामा राख्नुर्नेमा उनले जोड दिए।

संयोजक प्रचण्डले प्रतिनिधिसभा निर्वाचनअघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहेपनि अन्तिम समयमा अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित नतिजा आउन नसकेको स्वीकार्दै पार्टीले यस विषयमा गम्भीर समीक्षा गर्ने जानकारी दिए।

पार्टी संगठन विस्तारका लागि नयाँ ढंगले अभियान सञ्चालन गरिने उल्लेख गर्दै उनले युवालाई नेतृत्वमा प्राथमिकता दिने बताए। पार्टी समितिमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ सबैलाई अगाडि बढ्न उनले सुझाव दिए।

संयोजक प्रचण्डले मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउँदै पार्टी एकतालाई अझ सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?