icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब उच्च संवैधानिक पदमा बसेका व्यक्तिहरूलाई पार्टीमा प्रवेश नदिने नीति लिने तयारी

काठमाडौं – उच्चपदस्थ बसेकालाई पार्टी प्रवेश रोक,खतिवडालाई राजीनामा माग  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब उच्च संवैधानिक पदमा बसेका व्यक्तिहरूलाई पार्टीमा प्रवेश नदिने नीति लिने तयारी गरेको छ। साथै, निजामती सेवा विधेयकमा उत्पन्न विवादमा संलग्न रहेको भन्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन आग्रह गरेको छ।

Workplace

हिजो बसेको पार्टी सचिवालय बैठकले सरकारी सेवा वा संवैधानिक पदबाट निवृत्त भएका व्यक्तिहरूले अवकाशपछिको दुई वर्षसम्म पार्टी सदस्यता लिन नपाउने गरी विधान संशोधन गर्ने प्रस्ताव ल्याएको प्रवक्ता डा. मनिष झाले जानकारी दिए।
‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा बसेकालाई समेत पार्टी प्रवेश निषेध गरिनेछ,’ उनले भने, ‘यसमा विस्तृत छलफल आगामी बैठकमा हुनेछ।’

हालै एमालेले पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा प्रवेशको चर्चा चलिरहेका बेला यस्ता पदमा बसेकालाई पार्टी प्रवेश र नवीकरण नदिने निर्णय लिएको थियो। रास्वपाको निर्णय पनि सोही लाइनमा देखिएको छ।

यो राजनीति हिसाबले सबै पार्टीको धारण सार्वजनिक हुनु आबस्यक छ काङ्ग्रेस र माओवादी लगायतका पार्टीले पनि यसमा स्पष्ट नीति ल्याउनु प्रछ ।

यसैबीच, निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थालाई प्रभावहीन बनाएको आरोप लागेका कारण रास्वपाले समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ।

संसदीय छानबिन समितिले प्रतिवेदन बुझाउँदै खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो। रिपोर्टमा उनले विधेयक समन्वय गर्न नसकेको उल्लेख छ। त्यसैलाई आधार बनाएर रास्वपाले राजीनामा माग गरेको छ

पार्टी बैठकमा रुपन्देहीको उपनिर्वाचनमा सहभागी हुन समानुपातिक सूचीबाट नाम हटाउन माग गरेकी कुसुम महर्जनको निवेदन पनि बैंककमा  स्वीकृत गरिएको बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?