जापान घटनाबारे उठेका आलोचनाप्रति ज्ञानेन्द्र शाहीको व्यंग्यात्मक जवाफ

समाचार सारांश
Auto Generated by AI
  • जापानमा आफूमाथि भएको आक्रमणको समाचारलाई लिएर राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।
  • आफूविरुद्ध भएका मदिरा सेवनका टिप्पणीहरूलाई उनले खण्डन गर्दै आलोचकहरूलाई नै व्यंग्य कस्दै जवाफ फर्काएका छन्।
  • आफ्नो आलोचना गरेर पैसा कमाउनेहरूलाई लक्षित गर्दै उनले आफूलाई नेपाल फर्कने भाडाको जोहो गरिदिन समेत आग्रह गरेका छन्।

नेपाल खोज खबर काठमाडौ – जापानमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको भन्दै समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणी र आलोचना भइरहेका बेला शाहीले त्यसप्रति व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्।

Workplace

 

घटनापछि केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले शाही रातिको ‘लाइफ’मा गएको, मदिरा सेवन गरेको लगायतका विषयमा विभिन्न टिप्पणी गरेका थिए। त्यसको जवाफ दिँदै शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत ‘जापानको रक्सी पनि कडा रहेछ!’ भन्दै व्यंग्य गरेका हुन्।

शाहीले लेखेका छन्, ‘वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ।’

उनले आफ्नो स्टाटसमा विभिन्न राजनीतिक समूह तथा व्यक्तिहरूलाई लक्षित गर्दै आफूले केही शब्दहरू बोलेको उल्लेख गरेका छन्। साथै, ‘खाँदै नखाएको रक्सी पनि लागेछ!’ भन्दै उनले थप व्यंग्य गरेका छन्।

शाहीले सामाजिक सञ्जालमा आफूलाई आलोचना गर्नेहरूलाई लक्षित गर्दै ‘विश्वभरिका बेरोजगार केटाहरू’ भन्दै व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘आज तिमीहरूको डलर टन्नै झर्छ, जति रोस्ट गर्न मन छ गर, जति स्टाटस लेख्न मन छ लेख। आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो!’ भनेका छन ।

उक्त फेसबुक पोष्ट यस्तो छ ।

 

जापानमा भएको भनिएको घटनापछि शाहीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?