मोरङ क्षेत्र नम्बर ६ को कांग्रेस अधिवेशनमा झडप, मनोनयन दर्ता प्रक्रिया रोकियो

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं ६ को अधिवेशनस्थलमा मनोनयन दर्ताका क्रममा विवाद भएर झडप भएको छ।
  • झडपका कारण केही व्यक्ति घाइते भएका छन् भने ५० भन्दा बढी कुर्सी तोडफोड हुनुका साथै निर्वाचन प्रक्रिया रोकिएको छ।
  • विवाद र तोडफोडपछि अहिले अधिवेशनस्थलको स्थिति सामान्य बने पनि मनोनयन प्रक्रिया कसरी अगाडि बढ्ने भन्ने अन्योल देखिएको छ।

काठमाडौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशनस्थलमा झडप भएको छ।

Workplace

सुन्दरहरैँचा- ४ सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा अधिवेशनका लागि मनोनयन दर्ता गर्नेक्रममा बुधबार विवाद भएपछि झडप भएको थियो। झडपकाक्रममा केही घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

 

उनकाअनुसार घाइतेहरूलाई विराटनगर ल्याइँदैछ। कति जनालाई ल्याइँदैछ भन्ने खुलाइएको छैन।

मनोनय दर्ताकाक्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो। अधिवेशनस्थल हाल सामान्य बनेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

घटनाका प्रत्यक्षदर्शी क्षेत्रीय प्रतिनिधिका अनुसार प्रतिनिधिको नाम तालिकामा एक महिलाको नाम नपरेको विषयमा विवाद भएको थियो। ती प्रतिनिधिका अनुसार माइन्यूट लेखिरहेको अवस्थामा ती महिलाले आफ्नो नाम नपरेकोमा कुरा राखेपछि थप केही व्यक्ति आएर तोडफोड गरेका थिए।

सोही क्रममा महाधिवेशन प्रतिनिधि उम्मेदवार तथा पार्टी सहमहामन्त्री डा. डिला संग्रौला उठेर कोठा बाहिर निस्किएको बताएका ती प्रतिनिधिका अनुसार घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको छ।

घटनामा करिब ५० देखि ६० वटा कुर्सी समेत तोडफोड भएको उनले बताए। अर्कोतर्फ अधिवेशन स्थलमा निर्धारित मनोनयन दर्ता प्रक्रिया प्रभावित बनेको छ।

निर्वाचन प्रक्रिया नै रोकिएपछि अब मनोनयन दर्ता कहिले र कसरी अगाडि बढाउने भन्ने विषयमा थप अन्योल देखिएको छ।

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?