मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

समाचार सारांश
Auto Generated by AI
  • नेपाल टेलिकमले मुगु र बाजुराका अति दुर्गम हिमाली बस्तीहरूमा फोरजी सेवा विस्तार गरेको छ।
  • स्थानीय बासिन्दाले अब उच्च गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस तथा एसएमएस सेवा पाउनेछन्।
  • यस सेवाले दुर्गम क्षेत्रको आर्थिक, सामाजिक विकासका साथै शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौ – नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ ।

Workplace

टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

टेलिकमका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलालगायत गुम्बासम्म तथा बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म सेवा पुगेको छ । त्यसैगरी कुवाडी खोलाको सङ्गम आसपासका गाउँ तथा हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच विस्तार भएको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिनसक्ने नेपाल टेलिकमले जनाएको छ । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै सूचना, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा नागरिकको पहुँच थप सहज हुने टेलिकमकाे अपेक्षा छ ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो प्रतिबद्धताअनुरूप देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?