दक्षिण टर्कीको एक विद्यालयमा भीषण गोलीकाण्ड: ९ जनाको मृत्यु, १३ घाइते

समाचार सारांश
Auto Generated by AI
  • टर्कीको एक विद्यालयमा भएको गोलीबारीमा ९ जना (८ विद्यार्थी र १ शिक्षक) को मृत्यु भएको छ।
  • वर्षीय विद्यार्थीले गोली चलाएका थिए र आक्रमणकारी स्वयं पनि मारिएका छन्।
  • घटनामा १३ जना घाइते भएका छन् र मंगलबार सोही क्षेत्रमा अर्को गोलीबारी भएको थियो।

काठमाडौं । टर्कीको दक्षिणी क्षेत्रमा रहेको एक विद्यालयमा भएको गोलीबारीमा ९ जनाको ज्यान गएको छ । घटनामा ८ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको पुष्टि गरिएको छ ।

Workplace

मुस्तफा सिफ्सीका अनुसार कहरामनमारास क्षेत्रस्थित आयसर क्यालिक सेकेन्डरी स्कुलमा बुधबार भएको उक्त घटनामा थप १३ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

- Advertisement -Workplace

प्रारम्भिक विवरणअनुसार १४ वर्षीय एक विद्यार्थीले दुई वटा कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणका क्रममा प्रयोग भएका पाँच थान बन्दुक र सात म्यागेजिन बरामद भएको बताइएको छ । घटनाका क्रममा आक्रमणकारी स्वयं पनि मारिएको जनाइएको छ ।

घटनाको कारण अझै खुलेको छैन । बीबीसीका अनुसार आक्रमणकारीका बुवा सेवानिवृत्त प्रहरी अधिकारी रहेको खुल्न आएको छ ।

यसअघि मंगलबार पनि सोही क्षेत्रको एक हाई स्कुलमा पूर्वछात्रले गोली चलाउँदा १६ जना घाइते भएका थिए । उक्त घटनापछि आक्रमणकारीले आत्महत्या गरेका थिए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?