सुनको मूल्यमा गिरावट: प्रतितोला तिन हजार एक सय रुपैयाँ घट्यो

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ।
  • छापावाल सुन प्रतितोला ३ हजार १ सय रुपैयाँ घटेर २ लाख ८२ हजार १ सयमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय कायम भएको छ।

काठमाडौ – नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

Workplace

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेर २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार भने सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी, महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम गरेको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ सय २५ रुपैयाँले ओरालो लागेको हो।

मूल्य घटेसँगै आज बजारमा चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ निर्धारण गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?