मुगुको छायाँनाथ रारा नगरपालिका ले ल्यायो ६५ करोड २१ लाख४२हजार ४१ रुपैया बराबर को बजेट सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड २१ लाख ४२ हजार २१ रुपैयाँको बजेट पारित गरेको छ।
  • कुल बजेटमध्ये ४० प्रतिशत चालु र ६० प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
  • बजेटमा पूर्वाधार निर्माण, रैथाने बाली प्रवर्द्धन र श्रमदान बैंकजस्ता नयाँ तथा गौरवका योजना समावेश गरिएका छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका ले ल्यायो ६५ करोड २१ लाख४२हजुर २१ रुपैया को बजेट।
छायाँनाथ रारा नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित १९ औँ नगर सभा ले नगरपालिका को आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।नगरपालिका ले आगामी आर्थिक वर्षका लागि कुल ६५ करोड २१ लाख ४२ हजार २१ रुपियाँको बजेट तथा कार्यक्रम पारित गरेको नगर प्रमुख विष्णु-कुमार भाम ले जानकारी दिनु भयको छ। नगर प्रमुख भामका अनुसार बुधबार नै नगरसभामा प्रस्तुत गरिएको थियो आगामी वर्षको नीति तथा कार्यक्रमसमेत व्यापक छलफलपछि पारित भइसकेको छ।

Workplace

विनियोजित कुल बजेटमध्ये चालुतर्फ ४० प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत बजेट सीमाभित्र रही विषयगत क्षेत्रमा रकम छुट्याइएको छ। बजेटको मुख्य स्रोतका रूपमा सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक राजस्वलाई आधार मानिएको नगरपालिका ले जनाएको छ। बजेट वक्तव्य नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले सभामा प्रस्तुत गर्नुभएको थियो।
रूपान्तरणकारी र गौरवका योजना
आगामी वर्षको बजेट ले नगरपालिका को दीर्घकालीन विकासका लागि विभिन्न महत्त्वाकाङ्क्षी तथा गौरवका योजनाहरू समावेश गरेको नगरप्रमुख भामले बताउनुभयो। प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा सुम्ली बेलिब्रिज पुल र सडक निर्माण, लेत्याखोला र रोवाखोलामा मोटरेबल पुल निर्माण तथा खुला मञ्च निर्माणका लागि मुआब्जा वितरण जस्ता पूर्वाधारका कार्यक्रम समेटिएका छन्।

यसै गरी स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा खानेपानी क्षेत्रको गुणात्मक विकासका लागि रैथाने बाली प्रवर्द्धन जस्ता रूपान्तरणकारी कार्यक्रम अघि सारिएको छ। वातावरणीय सन्तुलनका लागि ‘एक मुख दस रुख’ अभियान, विकास निर्माणमा जनसहभागिता जुटाउन ‘श्रमदान बैङ्क’ को स्थापना तथा सामाजिक न्यायका लागि विपन्न दलित घरधुरीलाई ‘दसैँ विशेष सहायता’ कार्यक्रमसमेत बजेटमा समेटिएको छ।कार्यपालिका तथा नगरसभाका सदस्यहरूको पूर्ण उपस्थिति रहेको उक्त नगरसभाले आफ्ना सम्पूर्ण कानुनी र प्रक्रियागत कार्यहरू सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?