चीनका राष्ट्रपति सी जिनपिङ नयाँ दिल्ली आउने

समाचार सारांश
Auto Generated by AI
  • चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर १२ मा भारत भ्रमणमा आउँदै हुनुहुन्छ।
  • उहाँ भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ।
  • यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एजेन्सी। चीनका राष्ट्रपति सी जिनपिङ यहि सेप्टेम्बर १२ तारिखदेखि नयाँ दिल्लीमा आयोजना हुने १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जानुहुने भएकाे छ।

Workplace

भारतीय गणतन्त्रका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति जिनपिङ यहि सेप्टेम्बर १२ देखि १३ तारिखसम्म नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनु चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी गराएकाे हाे । सन् २०१९ मा चेन्नईनजिकैको मामल्लापुरममा प्रधानमन्त्री मोदीसँग भएको अनौपचारिक शिखर सम्मेलनपछि राष्ट्रपति जिनपिङको यो ७ वर्षपछिको पहिलो भारत भ्रमण हुने भएकाे छ ।

राष्ट्रपति जिनपिङको यो भ्रमण कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको हाे। भ्रमणले भारत र चीनबीचको सम्बन्ध स्थिर बनाउने जारी प्रयासका साथै ब्रिक्सभित्रको सहकार्यमा समेत दूरगामी प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ । ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग द्विपक्षीय वार्ता गर्ने अपेक्षा गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?