श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले ल्याएको ‘मेरो अर्घाखाँची, हाम्रो अर्घाखाँची’ गीत को म्युजिक भिडियो सार्वजनिक

माधव पौडेल ,अर्घाखाँची। मङ्सिर १२ अर्घाखाँची जिल्लाका विभिन्न पर्यटकीय स्थलहरू लाई समेटेर छायाङ्कन गरिएको मेरो अर्घाखाँची हाम्रो अर्घाखाँची बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्घाखाँची र पाल्पा जिल्लामा स्थायी रूपमा बसोबास गर्दै आएका तथा हाल काठमाडौंलाई आफ्नो कर्मथलो बनाएका संस्कृतिप्रेमीहरूको साझा पहलमा स्थापित श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाज स्थानीय लोक भजन, सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा निरन्तर सक्रिय रहँदै आएको छ।

Workplace

समाजले विगतका केही वर्षहरूमा परापूर्वकालदेखि गाइँदै आएका पुराना भजनहरूको अभिलेखिकरण गर्दै केही नयाँ सृजनाहरू अडियो–भिडियोसहित बजारमा ल्याइसकेको छ, जसले उल्लेखनीय चर्चा र रुचि पनि पाईसकेको छ।

यही सांस्कृतिक अभियानलाई अघि बढाउँदै समाजले यसपटक अर्घाखाँची जिल्लाको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई अझै सशक्त रूपमा उजागर गर्ने उद्देश्यसहित ‘मेरो अर्घाखाँची, हाम्रो अर्घाखाँची’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ। गीतको शब्द, लय र स्वर समाजका अध्यक्ष शेशनारायण पोख्रेलकै रहेको छ भने सहस्वरमा गोमा न्यौपानेले साथ दिनुभएको छ।

गीतको छायांकन पाणिनी तपोभूमि, दह, दुर्गोस्वर गुफा, अर्घ भगवती, मालारानी, बल्कोट पौवा, सुपादेउराली मन्दिर, खन दह, मृगस्थली लगायत अर्घाखाँचीका ऐतिहासिक, धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण स्थानहरूमा गरिएको हो। यी दृश्यहरूले अर्घाखाँचीको भौगोलिक सुन्दरता, आस्था र सांस्कृतिक जीवन्ततालाई आकर्षक रूपमा प्रस्तुत गर्छन्।

गीतमा स्मारिका ढकाल, सुरेश कोली र गोमा न्यौपानेको नृत्य संयोजन रहेको छ भने भिडियो निर्देशन सुरज खनालले गरेका हुन्। पूरा भिडियो सहित 

यस गीतको म्युजिक भिडियोमा गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने ,उपाध्यक्ष नर्मदा पौडेल गौतम, पाणिनी गाउँपालिका पूर्व अध्यक्ष अचुत गौतम, गौतम पूर्व उपाध्यक्ष लक्ष्मी गौतम अर्घाखाँची जिल्लाको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहे पुर्‍याएर व्यवसाय गरिराख्नुभएका अर्घाखाँची जिल्लाको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान अर्जुन पोखरेल लगायतको म्युजिक भिडियोमा उपस्थिति रहेको छ।
यो गीतको छायाङ्कन अवधिभर पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा अवस्थित सगुन रिसोर्ट मा कलाकारहरूको बसोबास रहेको थियो ।

गीत सार्वजनिक गर्दै अध्यक्ष पोख्रेलले अर्घाखाँचीको पर्यटन प्रवर्द्धन, स्थानीय पहिचानको प्रचार–प्रसार र मौलिक संस्कृतिको नयाँ पुस्तासम्म पुस्तान्तरण नै यस गीतको मुख्य उद्देश्य रहेको बताएका छन्।

समाजले भविष्यमा पनि मौलिक लोक भजन, परम्परा र सांस्कृतिक सम्पदालाई सुरक्षित राख्दै थप व्यवस्थित रूपमा प्रचार–प्रसार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?