अर्घाखाँचीमा चुनावी सरगर्मीबीच पिताराम पन्थीको कटाक्ष : तपाईंहरूको भूमिका के हो ?

अर्घाखाँची – देशभर चुनावको चलपल तीव्र भइरहँदा अर्घाखाँचीमा भने राजनीतिक बहसले नयाँ मोड लिएको छ ।

Workplace

अर्घाखाँचीका पिताराम पन्थीले जिल्लाका जनप्रतिनिधि र पत्रकारहरूमाथि सार्वजनिक रूपमा तीखो प्रश्न उठाएका छन् ।

अर्घाखाँचीका लागि तपाईंहरूको वास्तविक भूमिका के हो ?
उनले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति राख्दै सामान्य टिप्पणीमा सीमित रहेन ।

राजनीति र पत्रकारिता कसरी गरिन्छ भनेर जभाव गाग्ने शैलीमा गरिएको टिप्पणीले जनप्रतिनिधि र सञ्चारकर्मी दुवैको जिम्मेवारीमाथि नै गम्भीर प्रश्न पन्थिले खडा गरेका छन ।

पन्थीको भनाइमा अर्घाखाँचीका नाममा धेरै बोलिन्छ, तर जनताको जीवनमा ठोस परिवर्तन देखिँदैन । विकास, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषय ओझेलमा पारेर भाषण, प्रचार र आत्मप्रशंसामै राजनीति सीमित गरिएको आरोप उनको छ ।

उनको कटाक्षले एउटा यथार्थ उजागर गरेको छ — जनताले अब नाराभन्दा काम खोजिरहेका छन् ।

भाषणभन्दा परिणाम चाहिरहेका छन् । यस्तो अवस्थामा प्रतिनिधिहरूको मौनता र पत्रकारिताको कमजोर निगरानीले जनविश्वास गुम्दै गएको संकेत देखिन्छ ।

पिताराम पन्थीको प्रश्न केवल व्यक्तिगत आक्रोश होइन, यो अर्घाखाँचीका जनताको मौन असन्तोषको आवाज पनि हो ।

अब प्रश्न उठिसकेको छ ।जनप्रतिनिधि र पत्रकारहरू आलोचना सहेर आत्मसमीक्षा गर्ने कि फेरि पनि चुपचाप उम्किने ?
चुनावको मौसममा यस्तो प्रश्नलाई नजरअन्दाज गर्नु भनेको जनताको चेतनालाई अपमान गर्नु सरह हुनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?