अर्घाखाँचीमा चुनावी सरगर्मीबीच पिताराम पन्थीको कटाक्ष : तपाईंहरूको भूमिका के हो ?

अर्घाखाँची – देशभर चुनावको चलपल तीव्र भइरहँदा अर्घाखाँचीमा भने राजनीतिक बहसले नयाँ मोड लिएको छ ।

Workplace

अर्घाखाँचीका पिताराम पन्थीले जिल्लाका जनप्रतिनिधि र पत्रकारहरूमाथि सार्वजनिक रूपमा तीखो प्रश्न उठाएका छन् ।

- Advertisement -Workplace

अर्घाखाँचीका लागि तपाईंहरूको वास्तविक भूमिका के हो ?
उनले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति राख्दै सामान्य टिप्पणीमा सीमित रहेन ।

राजनीति र पत्रकारिता कसरी गरिन्छ भनेर जभाव गाग्ने शैलीमा गरिएको टिप्पणीले जनप्रतिनिधि र सञ्चारकर्मी दुवैको जिम्मेवारीमाथि नै गम्भीर प्रश्न पन्थिले खडा गरेका छन ।

पन्थीको भनाइमा अर्घाखाँचीका नाममा धेरै बोलिन्छ, तर जनताको जीवनमा ठोस परिवर्तन देखिँदैन । विकास, रोजगारी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषय ओझेलमा पारेर भाषण, प्रचार र आत्मप्रशंसामै राजनीति सीमित गरिएको आरोप उनको छ ।

उनको कटाक्षले एउटा यथार्थ उजागर गरेको छ — जनताले अब नाराभन्दा काम खोजिरहेका छन् ।

भाषणभन्दा परिणाम चाहिरहेका छन् । यस्तो अवस्थामा प्रतिनिधिहरूको मौनता र पत्रकारिताको कमजोर निगरानीले जनविश्वास गुम्दै गएको संकेत देखिन्छ ।

पिताराम पन्थीको प्रश्न केवल व्यक्तिगत आक्रोश होइन, यो अर्घाखाँचीका जनताको मौन असन्तोषको आवाज पनि हो ।

अब प्रश्न उठिसकेको छ ।जनप्रतिनिधि र पत्रकारहरू आलोचना सहेर आत्मसमीक्षा गर्ने कि फेरि पनि चुपचाप उम्किने ?
चुनावको मौसममा यस्तो प्रश्नलाई नजरअन्दाज गर्नु भनेको जनताको चेतनालाई अपमान गर्नु सरह हुनेछ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?