देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षा हुने सम्भावना छ।
  • तराईका क्षेत्रमा भने तातो हावा र अत्यधिक गर्मी बढ्ने देखिएको छ।
  • कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा ठूलो वर्षाको अनुमान छ।

काठमाडौ – देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना छ ।

Workplace

पहाडी र हिमाली क्षेत्रमा मौमस बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ । तातो हावाले अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरैजसो हिमाली तथा पहाडी भागमा बदली छ भने तराईमा आंशिक बदली छ ।

आज कोशी प्रदेशका केही ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ । साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिवार  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?