
- शिक्षामन्त्रीले भदौमा शिक्षक आन्दोलन हुने सम्भावना नरहेको बताएका छन्।
- सरकारले शिक्षक र कर्मचारीका माग सम्बोधन हुने गरी शिक्षा विधेयक अघि बढाउँदैछ।
- शिक्षकले आफ्नो नेतृत्व आफैँ चयन गर्न पाउने नयाँ व्यवस्थाको तयारी भइरहेको छ।
काठमाडौं – शिक्षामन्त्री सस्मित पोखरेलले आगामी भदौमा शिक्षक आन्दोलन हुने सम्भावना नरहेको बताएका छन्। शिक्षक महासंघले भदौदेखि पुनः आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला मन्त्री पोखरेलले सरकारले शिक्षकका माग सम्बोधन गर्ने गरी शिक्षा विधेयक अघि बढाइरहेको बताएका छन।


शिक्षा मन्त्रालयमा शुक्रबार सञ्चारमाध्यमका सम्पादक तथा न्यूजरुम प्रमुखहरूसँगको अनौपचारिक छलफलमा मन्त्री पोखरेलले शिक्षक महासंघसहित राहत शिक्षक र विद्यालय कर्मचारीका मागसमेत समेटेर शिक्षा विधेयक ल्याउने तयारी भइरहेको नेपाल खोज खबरलाई जानकारी दियकाहुन।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले विधेयकलाई अघि बढाइने छ। उनले शिक्षक महासंघको विधानसमेत संशोधन गर्ने प्रक्रिया अघि बढेको र आगामी दिनमा सबै शिक्षकले प्रत्यक्ष रूपमा आफ्नो नेतृत्व चयन गर्न पाउने व्यवस्था गर्न लागिएको नेपाल खोज खबर लाई बताए।
शिक्षक महासंघका अध्यक्षले भदौदेखि आन्दोलन गर्ने बताएको विषयमा मन्त्री पोखरेलले आफूले तत्काल त्यस्तो अवस्था देखिनसकेको प्रतिक्रिया दिएका छन्। सरकार शिक्षक, राहत शिक्षक तथा विद्यालय कर्मचारीका मागलाई कानुनी रूपमै सम्बोधन गर्ने तयारीमा रहेकाले आन्दोलनको परिस्थिति नआउने मेरो विश्वास छ समेत नेपाल खोज खबर लाई भने।
शिक्षा विधेयक लामो समयदेखि शिक्षकका विभिन्न माग तथा विद्यालय शिक्षा सुधारसँग जोडिएको प्रमुख विषय बन्दै आएको छ। विगतमा शिक्षक आन्दोलनका कारण विद्यालयको पठनपाठनसमेत प्रभावित भएको थियो। त्यसैले आगामी विधेयकले शिक्षक तथा विद्यालय कर्मचारीका माग कति सम्बोधन गर्छ भन्ने विषयलाई शिक्षा क्षेत्रले चासोका साथ हेरिरहेको नेपाल खोज खबर लाई भने।
