मोतिराज र यशोदाको सुमधुर स्वरमा बिश्वास घिमिरेको ” बैगुनी मायालु “

समाचार सारांश
Auto Generated by AI
  • विश्वास घिमिरेको मार्मिक गीत बैगुनी मायालुको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।
  • मोतिराज खनाल र यशोदा कार्कीको स्वर रहेको यस गीतमा विश्वास घिमिरेको निर्देशन रहेको छ।
  • गीतमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे र चोप सिलवालको अभिनय देख्न सकिनेछ।

लुम्बिनी — विश्वास घिमिरेको पीडादायी गीत ‘बैगुनी मायालु’ मोतिराज र यशोदाको आवाजमा म्युजिक भिडियो सुटिङ सम्पन्न भएको छ ।

Workplace

नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक विश्वास घिमिरेको अत्यन्त मार्मिक तथा पीडादायी गीत ‘बैगुनी मायालु (मुखमा रामराम, मनमा कालो छ)’ को आधिकारिक म्युजिक भिडियोको सुटिङ सम्पन्न भएको छ। बैशाख २२ र २३ गते गरी दुई दिनसम्म सञ्चालन गरिएको छायांकन सफलतापूर्वक सम्पन्न भएको निर्माण टिमले जनाएको छ।

गीतमा चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका यशोदा कार्कीको सुमधुर स्वर रहेको छ। गीतका शब्द शंकर घिमिरे र विश्वास घिमिरेले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने लय स्वयं मोतिराज खनालले तयार पारेका छन्।

गीतको संगीत संयोजन (एरेन्ज) रमेश सेन्चुरीले गरेका हुन्। मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ कार्य सागर बाजुरालीले सम्पन्न गरेका हुन् भने मिक्सिङ खडक बाजुरालीले गरेका छन्।

म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे तथा चोप सिलवालको सशक्त अभिनय देख्न सकिनेछ। भिडियोको निर्देशन स्वयं विश्वास घिमिरेले गरेका हुन्। ड्रोन क्यामेराबाट दृश्य खिच्ने कार्य चोप सिलवालले गरेका छन् भने क्यामेरा तथा सम्पादनको जिम्मेवारी सन्जय पाठकले सम्हालेका छन्।

भावनात्मक कथावस्तु, उत्कृष्ट प्रस्तुति तथा अनुभवी कलाकारहरूको समन्वयले सजिएको ‘बैगुनी मायालु’ दर्शक तथा श्रोतामाझ विशेष रुचाइने अपेक्षा गरिएको छ। निर्माण टिमले गीतलाई छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?