काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा आयोजित समारोहमा गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका सर्जक, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजक संस्था ओप्सना फिल्म्सका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सर्जक तथा कलाकारलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो।
‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत तीन वर्षदेखि आयोजना हुँदै आएको राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्डमा यस वर्ष जनमत अर्थात् पब्लिक च्वाइससहित गीत–सङ्गीत तथा चलचित्र क्षेत्रका विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
समारोहमा लोकप्रिय गायक मोतिराज खनालले यस वर्षको ‘सर्वोत्कृष्ट भजन गायक’को अवार्ड प्राप्त गरेका छन्। उनको यस सफलतालाई समारोहमा विशेष रूपमा चर्चा गरिएको थियो।
कार्यक्रममा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार वुद्धवीर लामालाई ‘सङ्गीत जीवन साधना सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’बाट सम्मानित गरिएको थियो।
यसैगरी विशिष्ट चलचित्रकर्मी निखिल उप्रेती, सञ्चिता लुइँटेल र पूजना प्रधान गुरुङलाई ‘विशिष्ट चलचित्रकर्मी सम्मान’ प्रदान गरिएको थियो। गायक तथा सङ्गीतकार अशोक मुकारुङ, चलचित्रकर्मी किशोर झा, गायक पुष्कर सुनुवार, गायक तथा सङ्गीतकार चित्र आठपहरिया, ट्याटु कलाकार सुनिता कुँवर, प्रशान्त पाराङदेन लिम्बू, कविता राई, निर्माता श्रीकृष्ण बिष्ट र गायक निमा शेर्पालाई समेत विभिन्न शीर्षकमा सम्मान गरिएको थियो।
अवार्डतर्फ विभिन्न विधाका विजेताहरू
तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३ अन्तर्गत विभिन्न विधामा निम्न सर्जक तथा कलाकारले अवार्ड प्राप्त गरेका छन् :
१. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत — ‘यो देशले तिम्रो’
२. सर्वोत्कृष्ट भजन गायक — मोतिराज खनाल
३. सर्वोत्कृष्ट गीतकार — चन्द्र जयपाल राई
४. सर्वोत्कृष्ट पप गायिका — तपस्या राई
५. सर्वोत्कृष्ट पुरुष मोडेल — ज्ञानदिप सुवेदी
६. सर्वोत्कृष्ट लोक गायक — सोम गुरुङ
७. सर्वोत्कृष्ट सङ्गीतकार — सुरेश राई
८. सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक — किशोर सुब्बा
९. सर्वोत्कृष्ट आधुनिक गायक — मेघराज रानोहन्छा
१०. सर्वोत्कृष्ट लोक आधुनिक गायिका — सुनिता राई
११. सर्वोत्कृष्ट युगल गायिका — मेनुका राई
१२. सर्वोत्कृष्ट आधुनिक गीतकार — कुमार केरुङ
१३. सर्वोत्कृष्ट लिम्बू पालाम गायक — भीमकुमार तुम्बापो
१४. सर्वोत्कृष्ट भिडिओ सम्पादक — मोहन सुनुवार
१५. सर्वोत्कृष्ट लोक पूर्वेली गायिका — सुमी चाम्लिङ राई
१६. सर्वोत्कृष्ट तीज गीत — स्वेता कार्की
१७. सर्वोत्कृष्ट लोक युगल निर्देशक — शिवजी क्षेत्री
१८. वर्षका उत्कृष्ट चलचित्र निर्देशक — हस्तबहादुर लिबाङ (लिम्बू)
जनमत अर्थात् पब्लिक च्वाइस अवार्ड
यस वर्ष जनमतका आधारमा प्रदान गरिएको पब्लिक च्वाइस अवार्डअन्तर्गत पनि विभिन्न कलाकार तथा सर्जक पुरस्कृत भएका छन्।
१. सर्वोत्कृष्ट युगल गायक — बबिना किराँती र सुमन राई
२. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत — टेक तामाङ
३. सर्वोत्कृष्ट गीतकार — मीरा देवी राई
४. सर्वोत्कृष्ट पप गायिका — सरगम राई
५. सर्वोत्कृष्ट लोक गायक — रामचन्द्र चन्द
६. सर्वोत्कृष्ट भिडिओ निर्देशक — कुबेर तामाङ
समारोहमा अवार्डको निर्णायक मण्डलमा सङ्गीतकार राजु सिंह, सङ्गीतकार तथा सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक तथा कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेका थिए।
कार्यक्रमको सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन् भने अतिथिहरूलाई अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले स्वागत गरेकी थिइन्। समारोहमा निर्णायक मण्डलका सदस्यहरूका साथै वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक तथा कलाकार हस्त लिबाङ, गीतकार डी.आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगर, सञ्चारकर्मीहरू माधवराज खरेल र तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय र एसवाई कन्सल्टेन्ट्स लगायतले प्रायोजन गरेका थिए। त्यस्तै बुन्चट कलेक्सन र सेवा रेकर्डिङ सहयोगी संस्थाका रूपमा रहेका थिए।
कार्यक्रमको इन्टरनेट साझेदारका रूपमा डिसहोम रहेको थियो भने रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए।
तेस्रो संस्करणसम्म आइपुग्दा राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्डले नेपाली गीत–सङ्गीत तथा चलचित्र क्षेत्रमा योगदान पुर्याउने सर्जक र कलाकारलाई सम्मान तथा प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा आफ्नो निरन्तरता कायम राखेको आयोजकको भनाइ छ।

