निस्सी खोलाले बगाएकी महिलाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीमा निस्सी खोलाले बगाएर बेपत्ता भएकी २९ वर्षीया कल्पना पुन मृत फेला परेकी छिन्।
  • घटनास्थलबाट एक किलोमिटर तल खोलाको ढुंगामा अड्किएको अवस्थामा उनको शव भेटिएको हो।
  • प्रहरी र स्थानीयले शव फेला पारी पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छन्।

गुल्मी।गुल्मीमा निस्सी खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ।

Workplace

मुसीकोट नगरपालिका–५ इन्द्रेगौडाकी अन्दाजी २९ वर्षीया कल्पना पुनको शव सोमबार दिउँसो घटनास्थलदेखि करिब १ किलोमिटर तल ठुलापहिरा भन्ने स्थानमा खोलाको बीचमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको हो।

प्रहरी टोली र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा दिउँसो पुनको शव फेला परेको थियो।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास, गुल्मी पठाइएको प्रहरीले जनाएको छ।

पुन आइतबार साँझ आफ्नो घर मुसीकोट–५ इन्द्रेगौडाबाट माइती इस्मा गाउँपालिका–४ हुल जाने क्रममा निस्सी खोला तर्दा खोलाले बगाएर बेपत्ता भएकी थिइन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?