कावासोतिमा ट्र्कको ठक्करबाट अर्घाखाँचीकि १६ महिनाकी बालिकाको मृत्यु , आमा घाइते

समाचार सारांश
Auto Generated by AI
  • नवलपरासीको कावासोतीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाकी आमालाई थप उपचारका लागि भरतपुर पठाइएको छ।
  • प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ।

लुम्बिनी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — कावासोती नगरपालिका–८, फलफूलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन्।

Workplace

बाटो काट्ने क्रममा अर्घाखाँची घर भई हाल कावासोती नगरपालिका–११, कुडौली बस्ने ३२ वर्षीय सूर्य बि.सी.ले चलाएको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार बि.सी.की करिब १६/१७ महिनाकी छोरी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले नेपाल खोजखबर लाई जानकारी दिएको हो ।

खोज खबर लाई जानकारी दिए अनुसार मोटरसाइकलको पछाडि सवार उनकी आमा, अन्दाजी २४/२५ वर्षीया पुष्पा चौहान बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नवलपुर अस्पतालबाट नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले नेपाल खोज खबर लाई बताएको  छ।

मोटरसाइकल चालक सूर्य बि.सी. भने सकुशल रहेका छन्।
दुर्घटनामा संलग्न ट्रक र चालक बारा, सिमरा उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ३० वर्षीय सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीलेले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?