
- मुगुका समाजसेवी अक्कल बहादुर बोहोराले छायाँनाथ रारा नगरपालिकाका ६ वटा सामुदायिक विद्यालयका ३०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ।
- आर्थिक अभावका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले उहाँले लामो समयदेखि दुर्गमका विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आउनुभएको छ।
- विद्यालयमै पुगेर गरिएको यस सहयोगले विद्यार्थीको पठनपाठनमा टेवा पुग्नुका साथै अभिभावकको आर्थिक भारसमेत कम भएको छ।
रतन रावल मुगु।
मुगुका स्थापित समाजसेवी धावक एवं कर्णाली प्रदेशका पहिलो सगरमाथा आरोही अक्कल बहादुर बोहोरा ले छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मा रहेका सबै सामुदायिक विद्यालयहरूमा आज शैक्षिक सामग्री वितरण गतिएको छ।छायाँनाथ रारा नगरपालिका वडा नं६ मा रहेका विद्यालय श्री दुधे मावि कोटिल्ला रिणीमक्ष्य आधारभूत विद्यालय मन्दु र सरस्वती आधारभूत विद्यालय बालै एवं महादेव विद्यालय रञ्जन बालैमा एकैसाथ आज शैक्षिक सामग्री वितरण गरिएको छ। विभिन्न विद्यालयहरूमा का विद्यार्थीको सङ्ख्या ३०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
साथै भौगोलिक रूपमा विकट र आर्थिक रूपमा पछाडि परेको मुगु जिल्लाका विद्यार्थीहरू र परिवारका बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारन मुगुका समाजसेवी बोहरा ले केही वर्षबाटै निरन्तर शिक्षामा जोड दिइरहेका छन्।

वडा नम्बर ६ भित्र सञ्चालित विभिन्न विद्यालयहरूमा आयोजित एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई आवश्यक पर्ने नेपाली कापी अङ्ग्रेजी कापी डटपेन, पेन्सिल, एलिजर लगायतका पाठ्य सामग्रीहरू हस्तान्तरण गरिएको थियो। बोहरा ले बताएका छन् शैक्षिक सामग्री वितरण म समाजसेवी बोहोरा ले आर्थिक अभावका कारण कुनै पनि बालबालिका लागि शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले आफूले सानो प्रयास भएता पनि मुगु जिल्ला मात्र नभएर देशका विकट र दुर्गम ठाउँका
विद्यार्थीहरूलाई पनि सहयोग गर्दै आइरहेको समाजसेवी बोहराले बताउनु भयो। उहाँले आगामी दिनमा पनि मुगुको शैक्षिक विकास र गरिब तथा जेहेन्दार विद्यार्थीहरूको हितका लागि आफ्नो व्यक्तिगत तथा संस्थागत सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सामग्री बुझ्दै सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू ले विकट गाउँका बालबालिकाहरूलाई विद्यालयतर्फ आकर्षित गर्न र उनीहरूको नियमित उपस्थिति बढाउन यो सहयोग कोशेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो। स्थानीय अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूका लागि आवश्यक शैक्षिक सामग्री किन्ने एक दिनभरिको बाटो हिँडेर सदरमुकाम गमगढी पुग्नुपर्ने अवस्था हुन्थ्यो तर समाजसेवी बोहराले विद्यालयमै हाम्रा नानीबाबुहरूलाई शैक्षिक सामग्री पुगाइदिएपछि हामी निकै नै खुसी छौँ भन्नुहुन्छ रञ्जन बालैका रूपसिंह नेपाली आर्थिक भार कम गरिदिएकोमा समाजसेवी बोहोराप्रति हार्दिक आभार प्रकट गरेका छन्।
लामो समयदेखि मुगु जिल्ला मात्र नभएर देशका विकट जिल्लाहरूमा विकासका योजना कैयौँ अस्पतालको बेडमा छटपटाइरहेका बिरामीहरूको उपचार आर्थिक अभाव न्यून रहेका मानिसहरूलाई पनि सहयोग गर्दै आएका बोहराले खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय बोहोरा ले मुगुका विभिन्न क्षेत्रमा यसअघि पनि युवा, खेलकुद र समाजसेवाका क्षेत्रमा सह्रानीय कार्यहरू गर्दै आउनुभएको छ।
