icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

रुपन्देहीमा पत्रकारमाथि दुव्र्यवहार: राष्ट्रिय दलित पत्रकार संघद्वारा कारबाहीको माग

रुपन्देही – राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य समेत रहेका पत्रकार रघुनाथ विश्वकर्मामाथि दुव्र्यवहार भएको घटनाप्रति राष्ट्रिय दलित पत्रकार संघ, लुम्बिनी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण  जनाएको छ।

Workplace

अनुपूर्ण मिडिया नेटवर्क (API TV) मा कार्यरत पत्रकार विश्वकर्मा मायादेवी गाउँपालिका–५, मकरिया स्थित एक अव्यवस्थित हिमायती बजारको अवस्थाबारे स्थलगत रिपोर्टिङ गरिरहेका थिए। सो क्रममा उनीमाथि स्थानीय समूहले दुर्व्यवहार गर्दै भिडियो खिच्न नदिने, रिपोर्टिङमा अवरोध गर्ने, हप्काउने र सामाजिक आक्रमण गर्न खोजिएको संघको विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटना २०८१ साल वैशाख ५ गते घटेको हो। पत्रकार विश्वकर्मा कृषि मन्त्री रामकृष्ण यादवको सहकार्यमा तयार पारिएको विशेष रिपोर्टिङका लागि तयारीमा थिए। तर, त्यसक्रममा समूहका सदस्य विष्णु यादव लगायतको संलग्नतामा उनीमाथि आक्रमण प्रयास गरिएको विज्ञप्तिमा  उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “सो समूहले शरारती मन्तव्यसहित पत्रकारमाथि अभद्र व्यवहार गर्नुका साथै प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको छ। यस्तो कार्य प्रेसमाथिको आक्रमण मात्र नभई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण पनि हो।”

संघले घटनामा संलग्न रहेका विष्णु यादव लगायतलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि उचित दण्ड दिन र पत्रकार सुरक्षाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रह समेत  गरिएको छ।

राष्ट्रिय दलित पत्रकार संघ, लुम्बिनी प्रदेश कार्यसमितिका सचिव अनिल नेपालीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र प्रेसमाथि भएको आक्रमणबाट मुलुकको लोकतन्त्र कमजोर बन्‍न सक्छ। यस्ता घटना अब दोहोरिन नदिन पत्रकार, मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, राजनीतिकर्मी तथा नागरिक समाज एकजुट हुन जरुरी छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?