अर्घाखाँची
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले अर्घाखाँचीबाट नयाँ राजनीतिक ऊर्जा श्रृजना गर्ने आह्वान गरेका छन् ।

उनले देश र जनताको हितलाई सर्वोपरि मान्दै, सुशासन, पारदर्शिता, विकास र जिम्मेवार नेतृत्वका साझा मूल्यमा आधारित राजनीति आवश्यक भएको नेपाल खोज खबर शीत बताएका हुन ।
सभापति भुसालका अनुसार, पार्टीको मूल उद्देश्य जनतामुखी राजनीति र व्यवहारिक समाधानमा केन्द्रित नयाँ राजनीतिक संस्कार स्थापना गर्नु हो ।
उनले राजनीतिक दृष्टिकोण र मुद्दा मिल्ने नयाँ दल, समूह, अभियान र सचेत नागरिकहरूलाई सहकार्यका लागि आव्हान गर्दै भने,
“अर्घाखाँचीमा रहेका तमाम साझा एजेन्डामा सहकार्य गर्दै, स्वच्छ र प्रभावकारी राजनीतिक विकल्प निर्माणमा हातेमालो गरौँ।”
उनले थपे, “हामी सबैको सामूहिक प्रयासले मात्र नयाँ नेपालको सपना साकार हुने छ, अनि समृद्ध अर्घाखाँचीको सपना पूरा हुने छ ।”
अन्त्यमा सभापति भुसालले सबै नागरिकलाई एकताबद्ध भएर सोच्न र निर्माणात्मक रूपमा अघि बढ्न आग्रह गर्दै भने,
“सँगै सोचौं, सँगै बनाऔँ।”

