मुगुमा सरकारी लगानी बालुवामा पानी खत्याडमा ५ वर्षअघि बनेको मोबाइल टावर अझै अलपत्र

समाचार सारांश
Auto Generated by AI
  • मुगुको खत्याड गाउँपालिकामा पाँच वर्षअघि बनेको टेलिकम टावर सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित छन्।
  • नेटवर्क नहुँदा एम्बुलेन्स बोलाउन र सरकारी डिजिटल सेवा लिन स्थानीय घण्टौँ हिँडेर डाँडापाखा धाउन बाध्य छन्।
  • जिल्लाका आधाभन्दा बढी टावर अलपत्र परेकाले सरकारी लगानी बालुवामा पानी जस्तै भएको भन्दै स्थानीयले तत्काल मर्मतको माग गरेका छन्।

रतन रावल मुगु, जेठ २ कर्णाली प्रदेश
विकट हिमाल मुगु जिल्लास्थित खत्याड गाउँपालिका वडा वडा नं ५ मा पाँच वर्षअघि ठड्याइएको नेपाल टेलिकमको मोबाइल टावर अहिले वडा नम्बर ५का यी गाउँ लमेरा कोटिला खमाले कवा भागोटि चाक्पाडे गाउँहरु म अहिले पनि सम्म मोबाइल नेटवर्क सञ्चालनमा आउन सकेको छैन। सरकारी निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण टावरका भौतिक संरचना घाम र पानीले सडिरहेका छन् भने स्थानीय बासिन्दा सञ्चार सुविधाबाट पूर्ण रूपमा वञ्चित भएको सुमन बुढा ले भन्नु भयो ।सञ्चारका लागि डाँडाकै भरटावर बनेपछि गाउँमै मोबाइल चल्ने र आफन्तसँग सहजै कुरा गर्न पाइने आशामा बसेका खमाले लगायत आसपासका स्थानीय बासिन्दा अहिले निराश भएका छन्। सामान्य फोन गर्न वा एउटा सन्देश पठाउनका लागि पनि स्थानीयहरू घण्टौँ उकालो हिँडेर अग्ला डाँडा वा पहाडको खोंचमा पुग्न बाध्य हुन्छ। हिउँदको चिसो र बर्खाको झरीमा पनि नेटवर्क खोज्दै डाँडाकाँडा चहार्नु यहाँका

Workplace

नागरिकको दैनिक नियति बनेको छ।आकस्मिक सेवा र सरकारी कामकाज ठप्प मोबाइल नेटवर्क र इन्टरनेट नहुँदा स्थानीय स्वास्थ्य चौकीमा आकस्मिक बिरामी पर्दा एम्बुलेन्स बोलाउन वा डाक्टरसँग परामर्श लिन समेत कठिन भएको छ। खत्याड गाउँपालिका वडा नम्बर ५ को कार्यालयबाट हुने अनलाइन तथा डिजिटल सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्। बैंकिङ कारोबार, विद्यार्थीहरूको अनलाइन सिकाइ र लोकसेवाका फारम भर्नका लागि समेत खत्याड गाउँपालिका वा सदरमुकाम गमगढी र बाजुराको कोल्टी

धाउनुपर्ने बाध्यता छ।नेपाल टेलिकमको उदासिनता र टेलिकमले टावरको सिभिल संरचना (फलामको खम्बा) ठड्याए पनि आवश्यक बीटीएस उपकरण र पावरका लागि सोलार सिस्टम जडान गरेको भएपनि देखाउनकै लागि जस्तो भएको स्थानीयवासीले बताएका मुगु जिल्लाभर रहेका कुल २४ वटा टेलिकम टावरमध्ये हाल १२ वटा टावर मात्र सञ्चालनमा छन्। बाँकी १२ वटा टावर प्राविधिक उपकरण अभाव वा मर्मत नहुँदा अलपत्र परेका छन्, जसले मुगुको इन्टरनेट पहुँचलाई ५ प्रतिशतभन्दा तल झारेको छ।

गाउँपालिकाका बासिहरुले खत्याडको टावर तत्काल सञ्चालनमा ल्याउन जोडदार माग गरेका छन्। करोडौँको सरकारी लगानी बालुवामा पानी झैँ भएको यो अवस्थालाई सरोकारवालाले कहिले सम्बोधन गर्छन्, त्यो भने हेर्न बाँकी छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?