लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवारद्वारा दिल्लीमा क्यान्सर र मिर्गौला पीडितका लागि भव्य सांस्कृतिक कार्यक्रम

अर्जुन थापा नयाँ दिल्ली – दिल्ली एनसीआरमा बसोबास गर्ने नेपाली समुदायका लागि लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवारले क्यान्सर र मिर्गौला जस्ता घातक रोगका बिरामीहरूका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले भोलि (आइतबार) एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

Workplace

कार्यक्रम नयाँ दिल्लीको एनडूजगनज पार्क, मुल चन्द मेट्रो स्टेशन नजिकै दिउँसो ठीक ५ बजेबाट सुरु हुने लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवारका अध्यक्ष सन्दीप भाटले जानकारी दिनुभएको छ ।

उनका अनुसार कार्यक्रममा गीत, संगीत, नृत्य लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति रहने छन्। दिल्ली तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाइ र दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

संस्थाले विगत लामो समयदेखि प्रवासी नेपालीबीच कला, संस्कृति र सामाजिक एकताको संरक्षणका साथै मानवतामूलक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि पनि संस्थाले उपचार खर्च अभावमा पीडित क्यान्सर र मिर्गौला बिरामीहरूका लागि सहयोग संकलन अभियान चलाउँदै आएको छ।

कार्यक्रमबाट संकलित रकम नेपालमा रहेका आर्थिक रूपमा कमजोर बिरामीहरूको उपचारमा सहयोग गर्ने उद्देश्य राखिएको अध्यक्ष भाटले बताउनुभयो।

लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवारले यसपटकको कार्यक्रमलाई पनि नेपाली एकता र सहयोगभावनाको उदाहरणका रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?