
समाचार सारांश
Auto Generated by AI
- जुम्लाकी मुटुरोगी बालिकाको उपचारका लागि स्पेनमा रहेका नेपालीहरूले आर्थिक सहयोग जुटाएका छन्।
- अक्कल बहादुर बोहराको सक्रियतामा संकलित ४६ हजार ३ सय ३१ रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिने भएको छ।
- आर्थिक अवस्था कमजोर भएकी बालिकाको उपचारमा सहयोग गर्न स्पेनस्थित मनकारी युवाहरू स्वतःस्फूर्त रूपमा जुटेका हुन्।
जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नं.५ लुड्कु घर भई हाल काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु रोगको उपचार गराइरहेकी नानीको सहयोगार्थ स्पेनबाट आर्थिक सहयोग जुटाइएको छ।

मुगु जिल्ला स्थायी घर भई हाल स्पेनको कोस्टा ब्यान्का (Costa Blanca) मा बसोबास गर्दै आउनुभएका समाजसेवी एवं अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बहादुर बोहरा को विशेष सक्रियतामा उक्त सहयोग रकम संकलन गरिएको हो। बिरामीको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या परेको जानकारी पाएपछि स्पेनमा रहेका नेपाली मनकारी युवाहरूले स्वतःस्फूर्त रूपमा रकम जम्मा गरेका हुन्।

सहयोग अभियान अन्तर्गत संकलन भएको कुल रकम रु. ४६,३३१ अक्षरेपि छयालीस हजार तीन सय एकतीस रुपैयाँ) बिरामी नानीको उपचारका लागि हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ। सहयोग गर्ने मनकारी मनहरू सहयोग रकमको विवरण:
- अक्कल बहादुर बोहोरा: रु. १७,९५४
- रविन्द्र शाही: रु. ७,१८१
- सञ्जय तामाङ: रु. ५,३८६
- सागर पुलामी मगर: रु. ३,५९०
- राजेन्द्र गिरी: रु. ३,५९०
- जीवन पोखरेल: रु. ३,५९०
- असल बोहोरा: रु. ३,०००
- महेश कुमार रावल: रु. २,०००
