icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

नेपालको शासन व्यवस्थामा विदेशी हस्तक्षेप अस्वीकार्य : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरूले नेपालमा हिन्दूराज स्थापना गर्ने आवश्यकताको चर्चा गरिरहेकोमा आपत्ति जनाएका छन्। उनले नेपाल स्वाधीन राष्ट्र भएको उल्लेख गर्दै विदेशी हस्तक्षेप कुनै पनि रूपमा स्वीकार्य नहुने स्पष्ट पारे।

Workplace

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपालमा कुनै पनि विदेशी तत्वको प्रभाव स्विकार्न नहुने बताए। उनले नेपालमा लामो संघर्षपछि गणतान्त्रिक शासन व्यवस्था स्थापना भएको स्मरण गराउँदै विदेशी तत्वहरूले धार्मिक तथा राजनीतिक मुद्दा उठाएर नेपालको आन्तरिक राजनीतिमा प्रभाव पार्न खोजेको आरोप लगाए।

“नेपालको शासन व्यवस्था नेपाली जनताले नै निर्धारण गर्छन्। हाम्रो स्वाधीनता र सार्वभौमिकतामाथि कुनै किसिमको हस्तक्षेप स्वीकार्य छैन,” पोखरेलले लेखेका छन्।

हालै भारतका केही धार्मिक नेताहरूले नेपाललाई पुनः हिन्दूराज्य बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर नेपालका विभिन्न राजनीतिक दलका नेताहरूले असन्तोष व्यक्त गरिरहेका छन्। नेपालमा २०६२/६३ को जनआन्दोलनपछि धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो।

यस विषयमा अन्य दलहरूका शिर्ष नेताको पनि प्रतिक्रियाहरू आउने क्रम जारी रहेको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?