ई-बिडिङ ह्याक आरोपमा पूर्वमन्त्री तथा राप्रपा वरिष्ठ नेता विक्रम पाण्डे पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।
  • ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का हात पारेको आरोपमा उनलाई सीआईबीले नियन्त्रणमा लिएको हो।
  • सिक्टा सिंचाइ आयोजनाको मुद्दामा पनि उनी यसअघि विवादमा परेका थिए।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।

Workplace

प्रहरीका अनुसार आफूअनुकूल ठेक्का पार्ने उद्देश्यले ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरिएको प्रकरणमा संलग्न रहेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

विक्रम पाण्डे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

यसअघि पनि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दायर गरेको सिक्टा सिंचाइ आयोजनासम्बन्धी मुद्दामा विवादमा परेका थिए। उक्त मुद्दामा गुणस्तरहीन काम भएको आरोपसहित २०७५ सालमा मुद्दा दायर भएको थियो, जसमा उनले ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?