राजस्व लक्ष्यमा चाप: भन्सार सुधारमा चुस्त व्यवस्थापनको आवश्यकता – अर्थमन्त्री पौडेल

 

Workplace

काठमाडौं:
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि तय गरिएको राजस्व लक्ष्य हासिल गर्न चुनौती रहेको बताउनुभएको छ। भन्सार विभागद्वारा आयोजित ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनमा केही सुधार देखिए पनि लक्ष्यअनुसार सन्तोषजनक प्रगति नभएको धारणा राख्नुभयो।

उहाँले भन्सार र कर प्रशासनलाई अझ चुस्त बनाउन जोड दिँदै भने, “राजस्व लक्ष्य भेट्न सुरक्षा संयन्त्र र भन्सार प्रशासनबीचको समन्वयलाई सुदृढ गर्नुपर्छ। यो लक्ष्य पूरा गर्न हाम्रा कदम अझ प्रभावकारी हुनुपर्छ।”

भन्सार सुधारका लागि प्रविधिमैत्री पहल
राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रशासन सुधारका लागि प्रविधिको उपयोग बढाउन र ‘ब्लकचेन’ जस्ता अत्याधुनिक प्रणाली लागू गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो। “भन्सारलाई पूर्ण स्वचालित बनाउने र जाँचपास प्रक्रियालाई सहज बनाउन हामी गम्भीर छौँ,” उहाँले भन्नुभयो।

निजी क्षेत्रको सहयोग र सुझाव
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार व्यवस्थालाई व्यवसायमैत्री बनाउन र प्रक्रियागत झन्झट हटाउनुपर्नेमा जोड दिनुभयो। उहाँले उच्च भन्सार दरले चोरी पैठारी बढेको भन्दै यसले राजस्वमा नकारात्मक प्रभाव पारेको औँल्याउनुभयो।

त्यस्तै, नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले निजी क्षेत्रको चासो सम्बोधन गर्दै व्यापार सहजीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो।

नयाँ प्रणालीको शुभारम्भ
कार्यक्रममा भन्सार विभागले क्युआर कोडसहितको प्रज्ञापनपत्र र एक्जिम कोड प्रणाली कार्यान्वयनमा ल्याएको छ। साथै, भन्सार स्मारिका र परिपत्र सङ्ग्रह सार्वजनिक गरिएको छ।

सरकारले राजस्व वृद्धि, निजी क्षेत्रको मनोबल उकास्न र आर्थिक गतिशीलता कायम गर्न पहल जारी राख्ने प्रतिबद्धता जनाएसँगै यो वर्ष लक्ष्य भेट्नका लागि सबै पक्षबाट समन्वय आवश्यक देखिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?