ओलीको बचाउ गर्दै झाँक्रीले भनिन् : लडाइँ र प्रतिस्पर्धा बलियोसँग गर्नुपर्छ

काठमाडौ –  एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन भइरहेको प्रयासप्रति नेतृ रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन्।

Workplace

चुनावी समिक्षा तथा पार्टी पुनःगठन सम्बन्धमा १५ सदस्यीय कार्यदलले प्रतिवेदन नै तयार गर्ने विषयमा रस्साकस्सी चलिरहेका बेला झाँक्रीले ओलीलाई हटाउनु उपयुक्त नहुने आशय व्यक्त गरेकी हुन्।

कार्यदलका सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको काउण्डटरमा संयोजक रामबहादुर थापा बादलले अर्को प्रतिवेदन तयार पारे पनि एमालेको विवाद झन जटिल बन्दै गएको छ।

ओलीले कार्यदलमै नरहेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई प्रतिवेदन लेख्न लगाएपछि एमालेभित्र झन विवाद बढेको छ।
आइतबार बस्ने सचिवालय बैठकमा कार्य दलको प्रतिवेदन पेश गर्ने भनिए पनि कुन भन्नेमा अन्योल भइरहेको छ।

पार्टीका एकाध नेता बाहेक उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंखर पोखरेल सबै ओलीलाई हटाएर एमाले पुनःगठनको पक्षमा उभिएका छन्।

त्यसप्रति लक्षित गर्दै झाँक्रीले कमजोर बनेका ओलीलाई नहटाउन अपिल गरेकी हुन्।

‘लडाइँ र प्रतिस्पर्धा बलियो र सक्षमसँग गर्नुपर्छ।

तर जब समयले हामी सबैलाई एउटै बाढीमा हुत्याएर एउटै किनारमा पछारिदिन्छ, त्यतिबेला पुरानो रिस, प्रतिस्पर्धा र अहंकारको कुनै अर्थ रहँदैन, झाँक्रीले अगाडि भनेकी छिन्, ‘त्यो बेला हामी सबैको अवस्था उस्तै हुन्छ—कोही हिलोमा गाडिएको, कोही भग्नावशेषमुनि पुरिएको, कोही एक्लै उठ्न खोजिरहेको त कोही अरूको हात समातेर आफू पनि उठ्न खोजिरहेको।’

उनले यतिबेला ओलीको खुट्टा तान्दा अरु पनि हिलोमा गाडिने बताएकी छिन्।

झाँक्रीले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो।

कसैलाई ढुंगा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो। बेसहारा हुनु हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?