
- जुम्लाबाट नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परी गायक छत्र शाहीका दाइको निधन भएको छ भने उनका मामा घाइते भएका छन्।
- समाजसेवी अक्कल बोहराले घाइतेको उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
रतन बहादुर रावल मुगु :जुम्ला देखि कालीकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुदा कर्णालीका चर्चित गायक छत्र शाहीका मामा र दाई दुर्घटनामा परेर दाइको मृत्यु मामा घाइते भएका थिए। यो दुःखद खबर सुन्दा मुगुका समाजसेवी अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहराले। तत्काल छात्रका मामाको उपचार खर्चको लागि ५० हजार सहयोग गरेका छन्। यो दुःखको खबर सुन्दा आफू निकै नै मर्माहित भएको बोहराले बताएका छन्।
जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाडाचक्र नगरपालिका-२ मेयर खोला नजिकै दुर्घटना हुँदा छात्रा शाहीका मामा बिमार र उहाँका दाई बिरामी कुरुवा एम्बुलेन्समा गएका थिए।
मृत्यु हुनेमा हिमा-६ पातरखोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् ।

कालीकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । एम्बुलेन्सले हिमा-६ का ७१ वर्षीय बिरामी कलबहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।
विरामी बुबाको उपचारका लागि संगै गएका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारीको मृत्यु भएको हो | घाईते हिमा-६ का कलबहादुरको खुट्टामा चोट लागेको छ।
समाजसेवी अक्कल बोहराले। दैविक प्रकोप भव्यतव्य आपत्तिहरूमा सहयोग गर्दै आएका छन् केही दिनअघि मात्रै। उहाँकै जन्मथलो थार्प गाउँका एकजना युवकलाई।पनि एक्कासी पेटमा समस्या आएपछि नेपालगञ्ज रिफर गरेर एक लाख ४५ हजार सहयोग गरेका थिए।

