आन्दोलनका घाइतेलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने

समाचार सारांश
Auto Generated by AI
  • नवयुवा आन्दोलनका घाइतेलाई एमबीबीएस अध्ययन गराउने सरकारी निर्णय कानुनसम्मत रहेको मन्त्रालयको दाबी छ।
  • यो व्यवस्था सामान्य छात्रवृत्ति कोटाभन्दा बाहिरको अतिरिक्त विशेष कोटा अन्तर्गत गरिएको हो।
  • यस निर्णयले अन्य विद्यार्थीको छात्रवृत्ति पाउने अधिकारमा कुनै बाधा नपर्ने मन्त्रालयले प्रस्ट पारेको छ।

काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नवयुवा आन्दोलनका घाइतेलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको दावी गरेको छ ।

Workplace

चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएको थियो ।

- Advertisement -Workplace

मन्त्रालयले विज्ञप्ति निकालेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटा अन्तर्गतको नभएर अतिरिक्त कोटाका रूपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको उल्लेख गरेको छ ।

सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरू कसैले पाउने अवसरलाई सङ्कुचन एवं बाधासमेत नपरेको मन्त्रालयको दावी छ ।

नवयुवा आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को दफा ११ अनुसार नै चिकित्सा शिक्षा आयोगको अनुरोध र यस मन्त्रालयको नियमानुसारको प्रस्तावमा यो निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?