
- समृद्ध पहाड संस्थामा कार्यरत जुम्लाका ३३ वर्षीय चन्द्रजंग हमालको लेक लागेर मृत्यु भएको छ।
- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा कार्यरत रहँदा शनिबार उनको अचानक निधन भएको हो।
- मृतकको शव आइतबार बिहान हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।
गत चैत ८ मा समृद्ध पहाड नामक गैरसरकारी संस्थामा नियुक्त भएका जुम्लाको कनकसुन्दरी गाउँपालिका-५ का ३३ वर्षीय चन्द्रजंग हमालको लेक लागेर मृत्यु भएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लोनाकमा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । संस्थामा नियुक्त भएपछि कञ्चनजंघा संरक्षण क्षेत्रको सपोर्ट कर्मचारीका रूपमा काम गर्न जाने क्रममा उनी अचानक बिरामी भएका थिए । शनिबार मृत्यु भएका गौतमको शव हेलिकोप्टरले आइतबार बिहान लिएर फर्किएको गौतमले बताए।

