आज मिति २०८३ साउन २२ गते शुक्रबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेषदेखि कर्कट राशिका लागि कार्यक्षेत्रमा सफलता र आत्मविश्वास बढ्ने दिन छ।
  • सिंहदेखि तुला राशिका व्यक्तिहरूले जिम्मेवारी र भाग्यको साथ पाउनेछन् तर स्वास्थ्यमा सतर्कता अपनाउनु पर्नेछ।
  • वृश्चिकदेखि मीन राशिका लागि सम्बन्ध र पारिवारिक विषयमा धैर्यता आवश्यक छ भने सिर्जनात्मक कार्यमा लाभ मिल्नेछ।

🌻🌼🙏🙏🙏

Workplace

मेष : आत्मबल र क्रियाशीलता बढ्नुका साथै निर्णय क्षमता सबल हुनेछ । व्यक्तिगत विषयमा स्वतन्त्र विचार कायम हुनेछ । व्यवसाय वा कार्यक्षेत्रमा नयाँ योजनाको थालनीका लागि अनुकूल समय हो । केही मानसिक चञ्चलता देखिए पनि दिन समग्रमा सकारात्मक रहनेछ ।

वृष : व्यक्तित्वमा निखार आउनेछ, आत्मविश्वास बढ्नेछ । पारिवारिक क्षेत्रमा ध्यान केन्द्रित हुनेछ । व्यक्तिगत आकर्षण र वाणीको माधुर्यले सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ बन्नेछन् । स्वास्थ्य सामान्य रहनेछ ।

मिथुन : खर्च, थकान र भ्रमजन्य स्थिति आउन सक्छ । यात्राको सम्भावना देखिए पनि मन स्थिर राख्नुपर्छ । निर्णयमा धैर्य आवश्यक हुनेछ । गहिरो चिन्तन, ध्यान वा अध्यात्मिक अभ्यासबाट लाभ पाइने दिन हो ।

कर्कट : आय, मान-सम्मान र शुभकार्यको सम्भावना बलियो देखिन्छ । मित्र र शुभचिन्तकको साथ पाइनेछ । पुराना योजना सफल बन्नेछन् । इच्छाहरू पूरा हुने दिन हो, तर वाणीमा संयमता आवश्यक हुनेछ ।

सिंह : कार्यक्षेत्रमा प्रतिष्ठा, सम्मान र उत्तरदायित्व बढ्नेछ । नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ । कामप्रतिको लगाव र परिणामदायी कार्यशैलीले वरिष्ठ व्यक्तित्वको मन जित्न सकिने दिन हो । व्यावसायिक योजना अगाडि बढाउन सकिने समय हो ।

कन्या : आज भाग्यबल सक्रिय हुने देखिन्छ । उच्च शिक्षा, गुरुजनको आशीर्वाद वा यात्राको अवसर मिल्न सक्छ । आजको दिनमा लिएको एउटा सानो प्रयासले पनि ठूलो परिणाम दिन सक्छ । धर्म, दर्शन र नीतिको पक्षमा झुकाव रहनेछ ।

तुला : अप्रत्याशित घटनाहरूको सम्भावना देखिन्छ । गोप्य विषयमा सावधानी आवश्यक हुनेछ । स्वास्थ्यमा सानो असहजता, विशेषगरी पेट वा स्त्रीरोगसम्बन्धी विषयमा सतर्कता अपनाउनु श्रेयस्कर हुनेछ । गहिरो अनुसन्धान वा ध्यानमा समय दिनु लाभदायक हुनेछ ।

वृश्चिक : दाम्पत्य जीवन र साझेदारी विषयमा संवेदनशीलता बढ्नेछ । सहकार्यमा केही मतभेद देखिन सक्छन्, तर संवादद्वारा समाधान सम्भव छ । वैवाहिक जीवनमा समझदारी र धैर्य आवश्यक रहनेछ ।

धनु : शारीरिक परिश्रम बढ्ने छ । कार्यक्षेत्रमा प्रतिस्पर्धा र दायित्वले दबाब दिन सक्छ, तर विजय सम्भव छ । स्वास्थ्यमा साना समस्याहरू देखिन सक्छन् । ऋण तिर्न वा ऋण पाउन अनुकूल समय हो ।

मकर : सन्तानप्रति चासो, प्रेमसम्बन्ध र सिर्जनात्मक कार्यमा सफलता देखिन्छ । विद्यार्थीहरूका लागि राम्रो समय हो । प्रेम प्रस्ताव सफल हुनसक्छ । भावनामा स्थिरता ल्याउँदा दिन अझै राम्रो बन्नसक्छ ।

कुम्भ : पारिवारिक वा मानसिक असन्तुलन देखिन सक्छ । घरको वातावरणमा संवेदनशीलता आवश्यक हुनेछ । मातापिताको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस् । स्थिर सम्पत्ति वा घरसम्बन्धी निर्णय स्थगित गर्नु उचित होला ।

मीन : आत्मबल, साहस र अभिव्यक्तिको सुधार हुनेछ । दाजुभाइसँग सम्बन्धमा सकारात्मकता आउनेछ । छोटो यात्राबाट लाभ मिल्ने संकेत छ । सञ्चार, लेखन वा प्रस्तुतीकरण कार्यमा सफलता प्राप्त हुनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?