निष्पक्ष चुनाव हुने विश्वास दिलाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपतिको आग्रह

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष चुनाव हुन्छ भन्ने विश्वास राजनीतिक दल र आमनागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभएको छ ।

Workplace

राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसमेतको सहभागितामा भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखहरूलाई पौडेलले यस्तो आग्रह गर्नुभएको  हो । उहाँले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा चुनाव गराउन सुरक्षा निकायहरूलाई आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

छलफलमा प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन आफूहरू सक्षम रहेको राष्ट्रपति पौडेललाई बताएका छन् ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावमा नजाने घोषणाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले असन्तुष्ट व्यक्त गरेका छन । आज बौद्धिक समुदायका अगुवाहरूसँग भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीले हिजो गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

सिद्धार्थ रोयलमाथि प्रिन्ट हब किंग्सको दबदबा, विपिन भट्टराई बने जितका नायक

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

छुटाउनुभयो कि ?