देशभरका प्रहरी कर्मचारीलाई तत्काल बिदा नदिन निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कर्मचारीलाई अर्को सूचना नभएसम्म बिदा नदिन निर्देशन दिएको छ।
  • प्रसूति र किरिया बिदाबाहेक अन्य सबै बिदा बन्द गरिएको छ भने बिदामा रहेकाहरूलाई तत्काल हाजिर हुन भनिएको छ।
  • देशभर भइरहेको विरोध प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाउन यस्तो निर्णय लिइएको हो।

काठमाडौ – प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कर्मचारीलाई तत्काल बिदा नदिन निर्देशन दिएको छ ।

Workplace

 

- Advertisement -Workplace

प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले शनिबार सबै मातहतका निकायलाई परिपत्र गर्दै प्रसूति र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नछाड्न र सिफारिस नगर्न निर्देशन दिएको हो ।

शाखा अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले जारी गरेको पत्रमा भनिएको छ, “हालको अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्म प्रसूति र किरिया बिदाबाहेक अन्य बिदा नछाड्न तथा सिफारिस नगर्न नगराउन हुन अनुरोध छ ।”

यसैगरी, बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्किन निर्देशन दिइएको छ । पत्रमा भनिएको छ, “हाल कार्यालय प्रमुखको जिम्मेवारीमा रही बिदामा बसेका प्रहरी अधिकृतहरूलाई अविलम्ब कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउन हुन अनुरोध छ ।”

यो निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले यो कदम जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशभर विरोध प्रदर्शन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै चालेको हो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?