आज मिति २०८२ मंसिर २६ गते शुक्रबार आजको राशीफल

🌼🌻🙏🙏

Workplace

मेष : व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ । सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । पुराना समस्याको समाधान हुनेछ । भौतिक वस्तु तथा साधन स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।

बृष : भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । पहिलेको कमजोर नतिजाले जोश–जाँगरमा कमी ल्याउन सक्छ । मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । आफ्नै कमजोरी आत्मसम्मानमा बाधक देखापर्नेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ ।

मिथुन : नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ । केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।

कर्कट : स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । अध्ययनमा समय दिन सकिनेछैन । परिस्थितिवश काममा व्यवधान हुनेछ। पुरानै काममा अलमलिनुपर्ला । यात्रा गर्दा धनमाल सुरक्षामा सजग रहनुहोला । सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ l

सिंह : स्वास्थ्य ठीकठाक रहनेछ । समय लागे पनि सम्मानित काम गर्ने समय छ । । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

कन्या : स्वास्थ्य भरपर्दो रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । मनको शंकाले रमाइलो परिवेशलाई समेत खलबल्याउन सक्छ । तर सदविचारले अभिप्रेरित हुनेहरूको दिनचर्या आनन्दमय रहनेछ । शुभचिन्चकहरूले साथ दिनेछन् । प्रेमको बन्धन कसिनेछ ।

तुला : आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । आज भ्रमण, महत्वपूर्ण निर्णय नगर्नुहोला ।

वृश्चिक : काम सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । सामाजिक कार्य राम्रो हुनेछ । टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

धनु : गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । जस्तोसुकै बाधा परे पनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । दाम्पत्य जीवन सुखद् देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । सवारी साधन चलाउँदा dhyan dinu hola.

मकर : स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । यात्रामा समस्या आउन सक्नेछ ।

कुम्भ : घुडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ । उठ्नुपर्ने रकम हात लागी हुने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ ।

मीन : गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । लगानी गर्नु राम्रो हुन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?