मुगु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी ।

मुगु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म जिल्लाभर कुल १५ हजार ७०५ मत खसेको छ।

Workplace

जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये ७ हजार ६२१ पुरुष र ८ हजार ९७ महिला मतदाता रहेका छन्। हालसम्म जिल्लामा कुल ४२.९० प्रतिशत मतदान भएको उनले जानकारी दिनुभयो ।

जिल्लाभर कायम गरिएका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। सुरक्षाकर्मीको उपस्थितिमा मतदान कार्य व्यवस्थित ढंगले अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा १ वटा अस्थायी मतदान केन्द्रसहित ७० वटा मतदान केन्द्र र ६७ वटा मतदान स्थल कायम गरिएका छन्। ती केन्द्रमार्फत ३६ हजार ३१ जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासन र सुरक्षानिकायले आवश्यक समन्वय गर्दै मतदान प्रक्रिया सञ्चालन गरिरहेको जनाइएको छ। निर्वाचन कार्यालयले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रहसमेत गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?