
- प्रज्ञा प्रतिष्ठानमा परोपकारी उद्देश्यसहित बुद्धवीर लामाको भव्य साङ्गीतिक साँझ सम्पन्न भएको छ।
- मुगुका धावक तथा सगरमाथा आरोही अक्कल बहादुर बोहोरालाई नेपाल खेल रत्न साहसिक सम्मान–२०८३ बाट विभूषित गरिएको छ।
- लामो समयदेखि सामाजिक सेवामा सक्रिय बोहोराको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
रतन बहादुर रावल मुगु-काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘बुद्धवीर लामा गीतिमय साङ्गीतिक साँझ’ भव्यताका साथ सम्पन्न भएको छ। प्रयास मञ्च नेपालको प्रस्तुतिमा बाल अनाथालय, वृद्धाश्रम र अपाङ्ग केन्द्रको सहयोगार्थ उक्त परोपकारी कार्यक्रम आयोजना गरिएको हो।पूर्वप्रधानमन्त्री मा. झलनाथ खनालको प्रमुख आतिथ्यता तथा कार्यक्रम प्रमुख बुद्धवीर लामा र शिवध्वज कार्कीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। सोही विशेष अवसरमा मुगुका सुप्रसिद्ध अन्तर्राष्ट्रिय धावक, समाजसेवी तथा मुगु जिल्लाका पहिलो सगरमाथा आरोही श्री अक्कल बहादुर बोहोरालाई ‘नेपाल खेल रत्न साहसिक सम्मान–२०८३’ बाट विभूषित गरिएको छ।

खेलकुद, पर्वतारोहण र समाजसेवामा बोहोराको अतुलनीय योगदान
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं१३ थर्पा जन्मिनुभएका बुवा मयालाल बोहरा र आमा गोरी बोहराको सुपुत्रका रूपमा जन्मनुभएका अक्कल बहादुर बोहोराले खेलकुद र पर्वतारोहणको क्षेत्रमा देशको शिर उच्च बनाउनुभएको छ। एथलेटिक्स अन्तर्गत म्याराथन तथा लामो दूरीका दौड प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पदक विजेता बन्नुभएका बोहोराले मुगु जिल्लाबाट पहिलोपटक सगरमाथाको सफल आरोहण गरी गर्विलो इतिहास रच्नुभएको थियो।
विगतमा सशस्त्र प्रहरी बलमा रहेर राष्ट्रसेवा गर्नुभएका बोहोराले हाल स्पेनको कोस्टा ब्लङ्कामा लाई कर्मथलो बनाउँदै आउनुभएको छ। त्यहाँ व्यवसाय गरी आर्जन गरेको मुनाफाको केही अंश उहाँले आफ्नै अध्यक्षतामा स्थापित ‘अक्कल कोपिला फाउण्डेशन’ मार्फत जन्मभूमि मुगु जिल्ला को विभिन्न क्षेत्रमा शिक्षा स्वास्थ्य र समाज म दिनदुखी गरिबी असहाय व्यक्तिको लागि सहयोग गर्दै आउनुभएको छ। फाउण्डेशनमार्फत मुगुमा धर्मशाला, मन्दिर जाने हजारौँ सिंढीको बाटो, दाहसंस्कार घाट निर्माणका साथै बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप पीडितहरूलाई राहत सामग्री वितरण गरेर उहाँले प्रशंसनीय सामाजिक योगदान पुर्याउनुभएको छ। उहाँको यही राष्ट्रिय तथा सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै कार्यक्रममा सम्मान पत्रसहित ‘नेपाल खेल रत्न साहसिक सम्मान’ प्रदान गरिएको हो। अकलबहादुर बोहराले भन्नुभयो मेरो लागि एकदम ठूलो सहने र जीवनको तुलनीय समान हो आफू निकै खुसी भएको र आफ्नो जिन्दगी रहेसम्म अझै पनि समाजमा यस्तो सहयोग गर्ने प्रतिबद्धता समेत बोहराले जनाएका छन्।गीतकार लामाको एकल साँझमा चर्चित कलाकारहरूको प्रस्तुति
गीतकार बुद्धवीर लामाको एकल गायन प्रस्तुति रहेको उक्त साङ्गीतिक साँझमा देशका चर्चित गायक–गायिकाहरूको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा सुप्रसिद्ध गायिका कुन्ती मोक्तान, चन्द्रकुमार दोङ, नारायण लामा, सत्यकला राई, निर्मला घिसिङ र अस्मिक खवास लगायतले आफ्ना लोकप्रिय सिर्जनाहरू प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। साङ्गीतिक प्रस्तुतिका साथै विभिन्न हास्यव्यङ्ग्य र नृत्यहरूले कार्यक्रममा थप रौनक थपेका थिए।
