कोशी र मधेसका सांसदलाई रविले भनेः जिल्ला फर्किन

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाले सुनसरी र सिरहालगायतका जिल्लामा देखिएको तनाव कम गर्न आफ्ना सांसदहरूलाई गृह जिल्ला फर्किन निर्देशन दिएको छ।
  • सभापति रवि लामिछानेले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न सांसदहरूलाई सचेत गराउनुभएको छ।
  • सांसदहरूले आ-आफ्नो क्षेत्रमा गई स्थानीय प्रशासनसँग समन्वय गर्दै शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने तयारी गरेका छन्।

काठमाडौ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहालगायत जिल्लाका सांसदहरूलाई गृह जिल्ला फर्किएर बढ्दो तनाव कम गरी सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिएको छ।

Workplace

बिहीबार सिंहदरबारमा मधेस र कोशी प्रदेशका सांसदहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएको सांसद रहबर अन्सारीले जानकारी दिए।

उनका अनुसार बैठकमा सभापति लामिछानेले कुनै पनि किसिमको धार्मिक सद्भाव भड्कन नदिने कुरामा पार्टी गम्भीर रहेको भन्दै निर्वाचन क्षेत्र गएर जिम्मेवार भूमिका निर्वाह गर्न निदेशन दिएका हुन्।

सांसद अन्सारीले पार्टीको निर्देशनबमोजिम सबै सांसदहरू आ–आफ्नो जिल्ला जान लागेको बताए।

अन्सारीले भने, ‘पार्टीका प्रत्येक सांसद र सदस्यले समेत मुलुकको उत्पन्न समस्याको अनरसिप लिनुपर्छ भन्दै उहाँ(सभापति)ले स्पष्ट निर्देशन दिनुभएको छ। पार्टीका सम्पूर्ण सांसदहरू आ–आफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका खेल्न र सद्भावको सन्देश दिँदै यसप्रकारका सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्नू भन्नुभएको छ। सोही अनुरुप हामी आ–आफ्नो प्रदेश र जिल्ला जान्छौँ। र राज्यका संयन्त्रहरूसँग आवश्यक समन्वय पनि गर्छौँ।’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?