देशभर मौसम बदली, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

 

Workplace

काठमाडौं – हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा मौसम बदली भए पनि अधिकांश स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ।

देशका विभिन्न स्थानको मौसम अवस्थाः

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश : पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ।

अन्य भू-भाग : आंशिक बदली रहनेछ।

उच्च पहाडी तथा हिमाली क्षेत्र : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यात्रा र जनजीवनमा प्रभाव
मौसम बदलीसँगै बिहानीपख तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जनजीवन, स्वास्थ्य तथा यातायातलाई असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक तयारी गर्न तथा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षित यात्रा गर्न विज्ञहरूले सल्लाह दिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?