काठमाडौ -नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिङ्गै देश चुनावको तयारीमा जुटेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डाैमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा संयोजक दाहालले अब देशमा के होला भन्ने अन्याेल हटेको तथा सबै राजनीतिक दल र आमनागरिकलाई चुनावतिर लैजाने वातावरण बनाएको भन्दै सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब देश अन्याेलमा छैन भन्ने हामी सबैलाई लागेको छ । म प्रधानमन्त्रीज्यू र सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु । सरकारले धेरै खालका जटिलता, चुनौती, समस्या, अप्ठयाराहरू झेल्दै चुनावकाे वातावरण बनाएकाे छ । देशलाई निकास दिने चुनाव नै हाे भन्ने सरकारले देखाएकाे छ ।
कार्यक्रममा संयोजक प्रचण्डले निजी क्षेत्रको संरक्षणविना देशलाई समृद्ध बनाउन सकिने अवस्था नरहेको बताउनुभयाे
