देबिनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाद्वारा नन्दनी गौशालामा आहार सहयोग

बुटबल। श्री देबिनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था, बुटवल–११ ले संस्थाको स्थापना दिवसको अवसरमा शिवनगर सामुदायिक वन क्षेत्रमा अवस्थित नन्दनी गौशालामा आहार सामग्री प्रदान गरेको छ।

Workplace

कार्यक्रम संस्थाका अध्यक्ष सुरेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाका सचिव हरि प्रसाद भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सदस्यहरू, लेखा समिति, सल्लाहकारज्यूहरू तथा लेखा समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष सुरेश पौडेलले सहकारी केवल आर्थिक गतिविधिमा सीमित नभई समाज र वातावरणप्रति उत्तरदायी हुनुपर्ने बताए। उनले भने, “संस्थाको स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै गौमाताको संरक्षण र वातावरणीय सन्तुलनका लागि सानो भए पनि सकारात्मक योगदान दिन पाउँदा हामी गौरवान्वित छौँ। आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”

त्यसैगरी, कार्यक्रमका सञ्चालक तथा संस्थाका सचिव हरि प्रसाद भट्टराईले सरसफाइ, वातावरण संरक्षण र मानवीय मूल्य प्रवर्द्धन हाम्रो संस्थाको मूल लक्ष्य हो। नन्दनी गौशालामा गरिएको यो सहयोग त्यसैको निरन्तरता हो। सदस्यहरूको सक्रिय सहभागिताले यस्ता कार्यहरू सम्भव भएको जिकिर गर्नुभयो।।

उक्त अवसरमा आहार सामग्री गौशालाका व्यवस्थापक रानीकानु बानियालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?