योग र ध्यानले भ्रष्टाचार हट्न सक्छ : शिक्षामन्त्री माहा विरपुन

काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्न सक्ने बताउनुभएको छ ।

Workplace

विश्व ध्यान दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको पुनले बताय।

मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने मन्त्री पुनको भनाइ छ । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने उहाँको तर्क छ ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिका रूपमा योग, आयुर्वेद र ध्यानलाई सरकारको कार्यक्रम र नीतिमा समावेश गरिएको बताउँदै यस क्षेत्रमा कार्यरत सबै सङ्घ–संस्थालाई सहकार्यमा आउन आग्रह गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको मूल समारोह समितिको आयोजनामा भएको समारोहमा योग प्रशिक्षकहरूले प्रवचनका साथै अभ्याससमेत गराउनुभएको छ ।

गएको वर्षको डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो । यो वर्ष ‘विश्व शान्ति र सद्भावनका लागि ध्यान’ नाराका साथ यो दिवस मनाइँदै छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको मुगम कार्मारोङ ले छायांनाथ अल्ट्रा रेस’ आयोजना गर्दै

छुटाउनुभयो कि ?