हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

काठमाडौ – निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिकता प्रदान गरेको छ।

Workplace

आइतबार आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ।

आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-४ मा रहने प्रमाणपत्रमा उल्लेख छ।

आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए।

युवाहरूलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ।

उनले धरान उपमहानगरपालिकाभित्र रहँदा मेयर र बाहिर निस्कँदा सामाजिक अभियान्ताका रूपमा प्रस्तुत हुने उल्लेख गरे। हालः उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य छन्। चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?