भारतलाई हराएर एमएफएन-१७ मा विजयी रवीन्द्र ढाँटलाई सरकारले ५ लाख दिने

काठमाडौं – भारतलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल नेपाली खेलाडी रवीन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले रवीन्द्रको उत्कृष्ट प्रदर्शनको कदर गर्दै प्रोत्साहनस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

Workplace

सरकारको निर्णयअनुसार रवीन्द्रका प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ पुरस्कार दिइनेछ। यो उपाधि जितेर रवीन्द्रले पहिलोपटक नेपाललाई एमएफएनको बान्टमवेट च्याम्पियनको ताज दिलाएका हुन्।

यसअघि, काठमाडौं महानगरपालिकाले पनि रवीन्द्रलाई सम्मानसहित २ लाख रुपैयाँ प्रदान गरिसकेको छ। रवीन्द्रको ऐतिहासिक जितप्रति कृतज्ञता व्यक्त गर्दै विभिन्न संघ–संस्थाहरूले समेत बधाई तथा सम्मान कार्यक्रमको तयारी गरिरहेका छन्।

रवीन्द्रले गत महिनाको फाइनलमा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए। यो जित नेपाली एमएमए (मिक्स्ड मार्सल आर्ट्स) क्षेत्रमा एक महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?