अर्घाखाँची — अर्घाखाँचीको मालारानी गाउँपालिका–२ कुभिन्डेमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुटवलबाट मालारानी गाउँपालिका–२ ढाणचौर जाँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप बुधवार दिउँसो करिब १२ बजे सडकबाट करिब ४०० मिटर तल खस्दा दुर्घटना भएको थियो। जिपका चालक, मालारानी–२ निवासी ५० वर्षीय कृष्णलाल मरासिनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए।
इलाका प्रहरी कार्यालय खन अर्घाखाँचीबाट सात जना प्रहरीको टोली घटनास्थलमा पुगेर उनलाई उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल पठाइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यलय प्रमुख नायब उपरीक्षक चक्र मल्लले नेपाल खोजखबर संवादता अर्जुन थापा लाई जानकारी दिएका छ्न ।
दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय खनबाट करिब १०–११ किलोमिटर पूर्व रहेको प्रहरीले जनाएको छ।
