अर्घाखाँचीमा अपराध नियन्त्रण र शान्ति–सुरक्षामा सामूहिक सहकार्य जरुरी : डिएसपी जिसी

अर्जुन थापा अर्घाखाँची – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवश जिसीले जिल्लामा शान्ति–सुरक्षा मजबुत बनाउन प्रहरी मात्र नभई समुदाय, स्थानीय तह, सञ्चारकर्मी र आम नागरिक सबैको सहकार्य अनिवार्य हुने बताएका छन्।

Workplace

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित शान्ति–सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा बढिरहेका चोरी, डकैती, ठगी, घरेलु हिंसा, बलात्कार, मादक पदार्थ दुरुपयोग, साइबर अपराध र सडक दुर्घटना नियन्त्रणमा सामूहिक प्रयास अपरिहार्य रहेको बताए।

“प्रहरीले मात्रै सबै चुनौती सामना गर्न सक्दैन। शान्ति–सुरक्षा सबैको साझा जिम्मेवारी हो। यसका लागि नागरिकबाट आउने सूचना, विश्वास र सहकार्य नै प्रमुख आधार हो,” जिसीले भने।

उनले विद्यालय र समुदायस्तरमा सचेतना अभियान सञ्चालन, सडक सुरक्षा अभिवृद्धि, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसात्मक गतिविधि रोकथाम, मादक पदार्थ नियन्त्रण, साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिएका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  अर्घाखाँची उद्योग वाणिज्य संघका पत्रकार  महासंघका प्रतिनिधि हरु र  स्थानीय जनप्रतिनिधि तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रहरी प्रशासनसँग मिलेर अपराध नियन्त्रण र सामाजिक सद्भाव कायम राख्न सकिने धारणा राखेका थिए।

डिएसपी जिसीले अपराध नियन्त्रणसँगै दुर्घटनाप्रवण क्षेत्र पहिचान, आपत्कालीन उद्धार प्रणाली सुदृढीकरण, कानूनी सचेतना अभिवृद्धि लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।

उनले भने, “शान्ति र सुरक्षाको आधारशिला भनेकै आपसी विश्वास हो। प्रहरी नागरिकको सेवामा समर्पित छ, त्यसैले अपराध न्यूनीकरण र समाजलाई सुरक्षित बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्छ।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?