icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

अर्घाखाँचीकाे जन्मभुमि अस्पतालमा बिशेषज्ञ सेवा सुचारू हुदा जिल्ला बासिमा खुसि

अजिल नेपाली 

Workplace

अर्घाखाँची – अर्घाखाँची  जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा न १ हललाईनमा रहेको जन्मभुमि अस्पतालमा प्रत्येक महिनाकाे पहिलो हप्ताको शनिबार देखि अन्तिम हप्ता सम्म बिशेषज्ञ सेवा हुने भएपछि जिल्ला बासीमा खुसी छाएको छ ।

प्रत्येक महिनाकाे तेस्रो शनिबार मर्सिसिटी अस्पताल बुटवलमा लामाे समयदेखि काम गदै आउनु भएका हाड जाेर्नि नशा तथा बाथ राेग बिशेषज्ञ डाक्टर कपिलमणि केसीले पछिल्लो समय मानिसहरूमा विभिन्न कारणले ढाड खिईने , खुट्टा खिईने, कुम्म खुईएका हड्डीहरू फुटेका बिरामीहरू बढ्दै गरेकोले यसकाे समयमा उपचार गरे निकाे हुने बताउनुभएको छ ।

अर्घाखाँची जिल्लाकाे जन्मभुमि अस्पतालमा प्रत्येक महिनाकाे तेस्रो शनिबार सेवा प्रारम्म गदै बिरामीलाई सहज सेवा उपलब्ध गराउदै आउनु भएका डाक्टर केसीले यस्तो बताउनुभएको हाे ।

डा केसीले बिरामीलाई चिकित्सले समयमा सहि तरिकाले बुझाउन सकेमा साधारण औषधिले ठीक हुने किसिमका रोगदेखि अप्रेशन गर्नुपर्ने रोगको सहज किसिमले उपचार हुने बताउदै साधारण दुखाइ, बाथराेग मर्केको जोर्नी, भाँच्चिएको हड्डी, च्यापिएको नसा, स‌ङ्क्रमित हड्डी तथा मांसपेसी आदि सबै किसिमका रोगको सहज उपचार हुने डा केसीले बताए ।

डा केसीले अरूकाे राेगकाे मानिसले दुखाई र अन्य कारणले उपचार गरेता पनि हड्डीकाे समयमा उपचार नगरेका कारणले मानिसको जीवन जाेखिममा पर्ने गरेकोले जाेखिमलाई सहज रूपमा ल्याउन समयमा उपचार गनुपर्ने बताए ।

बुटवल अस्पतालमा पनि छिमेकी जिल्लामा का अधिकाश बिरामी पनि आउने गरेकोले हड्डिकाे अपेसन समेत बुटवलमा हुने गरेको उनले बताए । जिल्लामै यस्ताे किसिमका उपचार हुदा सबैलाई फाइदा हुने गरेको अस्पतालका कार्यकारी प्रमुख डिल ब थापा बिन्दुले बताए ।

थापाका अनुसार अस्पतालमा गरिब अपांग बुद्व लगायतका बिरामीलाई निशुल्क उपचार गरेको बताए । स्थापनाकाे छाेटाे समयमा जिल्लामा विभिन्न रचनात्मक र सकारात्मक काम गदै आएको अस्पतालमा दैनिक ५० देखि १०० जना बिरामी आउने गर्दछन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?