आज २०८२ साल भदाै १८ गते बुधवार, ३ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष एकादशी तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। 🌻🌼🙏🙏

मेष : परिश्रमको कम लाभ प्राप्त हुनेछ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।। समाजिक पद र सम्मान मिल्ने छ।
वृष : विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखा पर्न सक्ने छ। नयाँ काममा मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु उत्तम होला। साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।
मिथुन : दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ। भाइहरुबीच कार्य गर्दा शुभ छ। रोजगारीबाट कम फल मिल्ने देखिन्छ।
कर्कट : व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि हुने र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ।
सिंह : वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।
कन्या : वाणी प्रभाव वढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सन्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ।
तुला : ठूला र नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। आँखामा समस्या देखिन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।
वृश्चिक : धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाइ, लेखाइ रुचि बढ्ने योग छ।
धनु : प्रेम आकर्षणमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन शुभ छ। वाणी प्रभाव वढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ।
मकर : दाम्पत्य बिचार राम्रो रहने छ। पारिवारिक सदस्यबीच सुमधुर सम्वन्ध रहने छ। पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ।
कुम्भ : कार्यमा योग्यता अनुसारको सुविधा मिल्ने छ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।
मीन : आफन्तबाट आफ्नो, दिएको धन आउने छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ।
