काठमाडौं । नेपालले पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ।

१२ रनमै दुई विकेट गुमाएको दबाबको अवस्थामा कप्तान रोहित पौडेल र कुशल मल्लले संयमित ब्याटिङ गर्दै तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी जोडे। तर, अन्तिम समयमा फिनिसिङ मजबुत हुन नसक्दा नेपाल २० ओभरमा १५० भित्रै सीमित रह्यो।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर सर्वाधिक घातक बने। उनले ४ ओभरमा २० रन खर्चिँदै ४ विकेट लिए। नवागन्तुक नविन विदायसीले ४ ओभरमा २९ रनमा ३ विकेट हात पार्दा कप्तान अकिल होसेनले १ विकेट लिए।
नेपाल अघिल्लो पटक भारत, अफगानिस्तान र बंगलादेश जस्ता टोलीसँग मात्र ठूला प्रतियोगितामा भिड्ने मौका पाएको थियो। तर, तीमध्ये कुनै पनि फुल मेम्बर राष्ट्रलाई हराउन नसकेको इतिहास थियो।
आज वेस्ट इन्डिजविरुद्धको भिडन्तमा नेपालले त्यो अपूर्ण इतिहास तोड्दै पहिलो पटक फुल मेम्बरलाई हराउने गौरव हासिल गरेको छ।
