एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको छ ।

Workplace

बोर्डका अनुसार पूरक परीक्षामा कुल १ लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् ।

पूरक परीक्षा गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म देशभरका परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो । नियमित परीक्षामा असफल भएकाहरूका लागि बोर्डले पूरक (ग्रेड वृद्धि) परीक्षा लिएको थियो ।

नतिजा बोर्डको आधिकारिक वेबसाइटसँगै विभिन्न एसएमएस तथा अनलाइन प्लेटफर्ममार्फत् पनि सार्वजनिक गरिएको छ । नतिजा हेर्नका लागि विद्यार्थीहरूले आफ्नो परीक्षा रोल नम्बर प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईलाई विद्यालय तहको महत्वपूर्ण आधार मान्दै आएको छ । बोर्डका अनुसार पूरक परीक्षाको परिणामले विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनमा अघि बढ्न सहज बनाउने  छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?